खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख लिएको आरोपमा अधिकृतसहित चार जनाविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो। मुद्दामा अधिकृत अधिकारीसहित बसन्तकुमार बस्याल क्षेत्री, सुरेश चौधरी र रश्मिता श्रेष्ठलाई प्रतिवादी बनाइएको छ।
आयोगको आरोपअनुसार खाद्य आयातको अनुमति तथा स्वीकृति मिलाइदिने भन्दै २८ लाख रुपैयाँ लिइएको थियो।
आरोपपत्रसहित मुद्दा दायर भएपछि अब यस विषयमा विशेष अदालतमा सुनुवाइ हुनेछ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


