एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश, कोषाध्यक्ष र लेखा अधिकृत धरौटीमा रिहा

ललितपुर जिल्ला अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले निलम्बित एन्फा अध्यक्ष नेम्वाङसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी र खेलमा मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ। प्रतिवादीमध्ये कोषाध्यक्ष र लेखा अधिकृत हिरासतमा थिए भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार रहेका छन्।
यसैबीच, अदालतले एन्फा कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा शुक्रबार जोशी र पाण्डेलाई धरौटीमा छोड्ने आदेश दिएको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
