मनसुन बाहिरिने चरणमा, आज केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण अहिले देशभर आंशिक बदली छ।
महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमतीलगायत छ प्रदेशका केही स्थानमा वर्षा र केही स्थानमा हिमपातको सम्भावना छ। गएराति देशका केही ठाउँमा छिटपुट पानी परे पनि ठूलो वर्षा भएन।
यस वर्षको मनसुन बाहिरिने चरणमा पुगेको छ। मौसमविद् बिनु महर्जनका अनुसार अहिले नेपालमा ठूलो वर्षा गराउने उल्लेखनीय प्रणाली छैन। छिमेकी मुलुक भारतका अधिकांश भूभागबाट मनसुन बाहिरिसकेको छ।
मौसमविद्का अनुसार मनसुन बहिर्गमनका मापदण्ड पश्चिम नेपालबाट पूरा हुन लागेका देखिन्छन्। तर मनसुन ठ्याक्कै कहिलेदेखि बाहिरिन्छ भन्न नसकिने उनीहरूको भनाइ छ। एक–दुई दिन हेरेर पुष्टि भएपछि मनसुन बहिर्गमनको औपचारिक घोषणा गरिने महाशाखाले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो