२८ असोज २०८३ English
English

लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमेद भट्टराई नियुक्त

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमेद भट्टराई नियुक्त
तस्बिर: क्लिकमाण्डू

लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको मंगलबार, असोज २७ गते बसेको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकका कम्पनी सचिव पियूष राज अर्यालका अनुसार सञ्चालक समितिको ३३०औँ बैठकले भट्टराईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सीईओ भट्टराईले कात्तिक १५ गतेदेखि बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन्। उनको नियुक्तिसँगै बैंकको व्यवस्थापकीय नेतृत्व उनको जिम्मामा रहनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 28 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार