मुग्लिन–काठमाडौं सडक अवरुद्ध, त्रिभुवन राजपथमा आलोपालो प्रणालीसहित नयाँ समयतालिका लागू

मुग्लिन–काठमाडौं सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथमा सवारी आवागमन व्यवस्थित गर्न नयाँ समयतालिका निर्धारण गरेको छ।
पृथ्वी राजमार्ग अवरुद्ध भएपछि त्रिभुवन राजपथमा सवारी चाप बढ्न सक्ने भन्दै प्रशासनले सतर्कता अपनाएको हो। नयाँ व्यवस्थाअनुसार राजपथमा सवारी साधन आलोपालो प्रणालीमा चलाइनेछन्।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीले मुग्लिन–काठमाडौं सडक अवरुद्ध भएपछि वैकल्पिक मार्गमा बढ्न सक्ने सवारी चापलाई ध्यानमा राख्दै त्रिभुवन राजपथमा आलोपालो प्रणाली लागू गरिएको जानकारी दिए।
प्रशासनले सवारी चाप व्यवस्थापनका लागि नयाँ टाइमकार्ड लागू गरेको जनाएको छ। काठमाडौं–मुग्लिन सडकखण्ड धादिङको गलौँदीमा अवरुद्ध भएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


