९ असोज २०८३ English
English

नेकपा एमालेको कार्यदल बैठक गुन्डुमा बसेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफल भएको हो। पार्टी पुनर्गठनबारे नेताहरूबीच कुराकानी भएको छ।

· १ मिनेट पढाइ
नेकपा एमालेको कार्यदल बैठक गुन्डुमा बसेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा छलफल भएको हो। पार्टी पुनर्गठनबारे नेताहरूबीच कुराकानी भएको छ।
तस्बिर: राजधानी

नेकपा केन्द्रीय एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक गुन्डुमा बसेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा कार्यदलले तयार पारेका छुट्टाछुट्टै प्रतिवेदनलाई एउटै बनाउने विषयमा छलफल भएको छ। बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा, सदस्यहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ सहभागी हुनुभएको छ।

त्यस्तै महासचिव शङ्कर पोखरेल र सचिव भानुभक्त ढकाल पनि छलफलमा उपस्थित हुनुहुन्छ। कार्यदल बाहिरका नेताहरू प्रदीप ज्ञवाली र विष्णु रिमालसमेत बैठकमा सहभागी हुनुभएको छ। कार्यदलभित्र प्रतिवेदनको निष्कर्ष र नेतृत्व पुनर्गठनको विषयमा मतभेद देखिएपछि अध्यक्ष ओलीले नेताहरूलाई आफ्नै निवासमा बोलाउनुभएको हो।

संयोजक थापा र सदस्य सचिव पोखरेलबीच प्रतिवेदन लेखनको विषयमा कुरा मिल्न सकेको छैन। राजधानी दैनिकका अनुसार अध्यक्ष ओलीले पार्टी पुनर्गठनका अधिकांश प्रस्ताव स्वीकार गरे पनि नेतृत्व नछाड्ने अडान लिनुभएको छ।

स्रोत

सम्बन्धित समाचार