१४ असोज २०८३ English
English

काभ्रे र सिन्धुपाल्चोक जोड्ने सुनकोशी पुल ६ वर्षदेखि अलपत्र

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
काभ्रे र सिन्धुपाल्चोक जोड्ने सुनकोशी पुल ६ वर्षदेखि अलपत्र
तस्बिर: क्लिकमाण्डू

काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ। निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा पुल अधुरै रहेको हो।

सम्झौताअनुसार तीन वर्षभित्र अर्थात् विसं २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। तर निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र परेको बताइएको छ।

तोकिएको समय सकिएको लामो समयसम्म पनि पुल निर्माण पूरा नहुँदा दुई जिल्लाबीचको आवागमन सहज हुन सकेको छैन।

पुल अधुरै रहँदा भुम्लुवासी सास्ती खेप्न बाध्य भएका छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार