नारायणगढ बजार जोगाउन माग गर्दै चितवनका व्यवसायीले भेटे रास्वपा सभापति लामिछाने

चितवनका उद्योगी व्यवसायीले नारायणी नदी नियन्त्रण तथा नारायणगढ बजार संरक्षणका लागि आवश्यक पहल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट गरेका छन्।
नारायणी नदीको कटान र बाढीका कारण नारायणगढ बजार जोखिममा परेको भन्दै व्यवसायीहरूले संरक्षणको पहल गर्न आग्रह गरेका हुन्।
भेटमा व्यवसायीको टोलीले नारायणी नदीको दीर्घकालीन व्यवस्थापन, तटबन्धनसहित तत्काल आवश्यक पहल गर्न माग गरेको संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए।
पछिल्लो बाढी र कटानका कारण नदी किनारका बस्ती तथा बजार क्षेत्र प्रभावित भएपछि स्थानीय उद्योगी व्यवसायीले सरोकारवालासमक्ष संरक्षणको माग उठाउँदै आएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


