१९ असोज २०८३ English
English

भदौ १० यताको विपद् व्यवस्थापन तीन तहको समन्वयमा भइरहेको छ : प्रधानमन्त्री शाह

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
भदौ १० यताको विपद् व्यवस्थापन तीन तहको समन्वयमा भइरहेको छ : प्रधानमन्त्री शाह
तस्बिर: अनलाइनखबर

प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री शाहले विपद् व्यवस्थापनको काम जतिसक्दो चाँडो सक्ने बताए।

भदौ १० गतेयता देशका विभिन्न भागमा बाढीपहिरोलगायतका विपद्का घटना भएका छन्। प्रधानमन्त्री शाहका अनुसार तीनै तहका सरकारको समन्वयमा उद्धार, राहत र व्यवस्थापनका काम जारी छन्।

सोमबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक पनि बस्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको थियो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार