फौजदारी मुद्दामा कुनै पनि अवस्थामा मिलापत्र हुन सक्दैन : कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दामा कुनै पनि अवस्थामा मिलापत्र हुन नसक्ने स्पष्ट पारेकी छन्।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभाअन्तर्गतको समितिको बैठकमा उनले यस्तो स्पष्टीकरण दिएकी हुन्। मन्त्री गौतमले फौजदारी प्रकृतिका मुद्दामा मिलापत्र गराउने कार्य कानुनतः दण्डनीय हुने बताइन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबारको छलफलमा सहभागी सांसदहरूले मुलुकको वर्तमान न्याय प्रणाली र महिला सुरक्षाको अवस्थाबारे गम्भीर प्रश्न उठाएका थिए। छलफलमा मेलमिलाप परिषद्को नेतृत्वसम्बन्धी विषयमा पनि प्रश्न उठेको थियो।
सांसदहरूले उठाएका प्रश्नको सन्दर्भमा मन्त्री गौतमले फौजदारी मुद्दामा मिलापत्रसम्बन्धी कानुनी व्यवस्था स्पष्ट पारेकी हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


