२० असोज २०८३ English
English

कांग्रेस महाधिवेशन : डा. मिनेन्द्र रिजालद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन : डा. मिनेन्द्र रिजालद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा
तस्बिर: रातोपाटी

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। काठमाडौंमा जारी १५औँ महाधिवेशनमा उनी उपसभापतिका लागि प्रतिस्पर्धा गर्ने भएका हुन्।

मंगलबार बिहान रिजालले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। उनले आफू निकटका नेता तथा कार्यकर्तालाई यो निर्णयबारे जानकारी गराएका थिए।

नयाँ कार्यसमिति चयनका लागि आज मनोनयन दर्ताको कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि मात्रै रिजाल उपसभापति पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेका हुन्।

रिजाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २० असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 20 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार