सप्तकोशीको बाढीले सप्तरीमा करिब ५०० घर डुबानमा, दुई हजारभन्दा बढी परिवार प्रभावित

लगातारको वर्षाका कारण सप्तरीमा आएको बाढीले करिब ५०० घर डुबानमा परेका छन्। जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा बाढी पसेको हो।
सप्तकोशी नदीमा आएको बाढी राति बस्तीमा पसेपछि घरहरू डुबानमा परेका हुन्। डुबानका कारण दुई हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।
लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ। तराईका जिल्लामा डुबान र पहाडी क्षेत्रमा पहिरोका कारण नागरिकले सास्ती खेपिरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


