२१ असोज २०८३ English
English

नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेपाल–रुस द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा
तस्बिर: सेतोपाटी

नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज बुधबार काठमाडौंमा बस्दैछ।

दुई देशले कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्ष मनाइरहेका बेला यो बैठक हुन लागेको हो। बैठकमा नेपाल र रुसबीचको द्विपक्षीय सम्बन्धसँग जोडिएका विषयमा छलफल हुने बताइएको छ।

संयन्त्रको पहिलो बैठक सन् २००७ मा रुसको राजधानी मस्कोमा बसेको थियो। दोस्रो बैठक सन् २०१८ अप्रिल १७ मा काठमाडौंमा भएको थियो।

दोस्रो बैठक भएको करिब साढे आठ वर्षपछि दुई देशबीच यो संयन्त्रको बैठक बस्न लागेको हो।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २१ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 21 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार