१ कात्तिक २०८३ English
English

दसैँ मनाउन झन्डै ५ लाखले छाडे उपत्यका, सडक पातलिए

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँ मनाउन झन्डै ५ लाखले छाडे उपत्यका, सडक पातलिए

YouTube मा सब्स्क्राइब

बडादसैँ मनाउन घटस्थापनादेखि महाअष्टमीसम्म करिब ४ लाख ९६ हजार यात्रु काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले यो जानकारी दिनुभएको छ। निजी सवारीबाट बाहिरिनेको तथ्याङ्क भने अझै आइसकेको छैन।

उहाँका अनुसार अष्टमीको बिहान उपत्यका छाड्ने सवारीको चाप बढी थियो, तर दिउँसोतिर क्रमशः घटेको छ। नयाँ बसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा घर जाने यात्रुको भीड देखिएको छ। ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज ३० सम्म करिब ४ लाख २३ हजार यात्रु बाहिरिइसकेका थिए।

असोज २५ देखि ३० सम्मको अवधिमा सबैभन्दा धेरै भीड थियो र असोज २९ गते मात्रै करिब ८५ हजार ५ सय यात्रुले उपत्यका छाडेका थिए। असोज २७ मा करिब ७८ हजार र असोज ३० मा करिब ७५ हजार यात्रु बाहिरिएका थिए। बाहिरिनेको सङ्ख्या बढेसँगै उपत्यकाका सडक र सार्वजनिक यातायातमा यात्रु तथा सवारीको चाप घटेको छ।

मध्यम र लामो दूरीका सवारीलाई रुट अनुमतिपत्र खुला गरिएपछि स्थानीय रुटका केही गाडी पनि रिजर्भमा यात्रु बोकेर बाहिर गएका छन्। प्रवक्ता सुवेदीले तीव्र गतिमा गाडी चलाउने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कडाइ गरिएको बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार