१८ असोज २०८३ English
English

मनसुन बाहिरिन थाल्यो, बागमती, कोशी, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
मनसुन बाहिरिन थाल्यो, बागमती, कोशी, गण्डकी र लुम्बिनीमा वर्षाको सम्भावना
तस्बिर: क्लिकमाण्डू

नेपालबाट यस वर्षको मनसुन क्रमशः बाहिरिन थालेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेश, लुम्बिनीको पश्चिमी धेरै ठाउँ तथा गण्डकीको पश्चिमी थोरै ठाउँबाट मनसुन बाहिरिसकेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ। आज केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना रहेको जनाइएको छ।

मनसुन बाहिरिने क्रम सुरु भएसँगै पूर्वी नेपालमा भारी वर्षा भएको छ। दिउँसो र साँझपख बादल लाग्ने तथा केही समय वर्षा हुने क्रम अझै रहने विभागले जनाएको छ।

विभागका अनुसार पश्चिम नेपालबाट यस वर्षको मनसुन बाहिरिसकेको भए पनि मनसुन बाहिरिनेबित्तिकै वर्षा रोकिने भने होइन।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार