१२ असोज २०८३ English
English

कालीगण्डकीको कटानले फाइबर पोल बगाउँदा म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कालीगण्डकीको कटानले फाइबर पोल बगाउँदा म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प
तस्बिर: नागरिक

कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ। पर्वतको कुश्मा नगरपालिका–१ सहश्रधारामा नदीले कटान गर्दा फाइबर पोल बगेपछि सेवा अवरुद्ध भएको हो।

तीनै जिल्लामा नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा तथा निजी कम्पनीहरूको इन्टरनेट सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ।

कालीगण्डकी नदीमा आइतबार आएको बाढीका कारण धवलागिरि क्षेत्रका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने मध्यपहाडी लोकमार्ग पनि ठाउँठाउँमा अवरुद्ध भएको छ। सडक र सञ्चार दुवै सम्पर्क प्रभावित हुँदा यी जिल्लाका बासिन्दालाई समस्या परेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार