वर्षा र हिमपातले हुम्लाको जनजीवन प्रभावित, सिमकोटसहित अधिकांश क्षेत्रमा फोन–इन्टरनेट ठप्प

निरन्तरको वर्षा एवं हिमपातका कारण हुम्लाको जनजीवन निकै प्रभावित भएको छ। असोज महिनामै हिमपात भएपछि जिल्लाका विभिन्न क्षेत्रमा यसको असर परेको हो।
जिल्ला सदरमुकाम सिमकोटसहित अधिकांश क्षेत्रमा फोन तथा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। अग्ला स्थानमा रहेका टेलिफोन तथा इन्टरनेट टावरहरू पनि वर्षा र हिमपातबाट प्रभावित क्षेत्रमा पर्छन्।
यसैबीच सदरमुकाम सिमकोटमा खानेपानीको समस्या पनि देखिएको छ। सदरमुकाममा खानेपानी आपूर्ति गर्दै आएको हुमाने खोलाको मुहानको इन्टेकमा समस्या आएपछि पानी आपूर्ति प्रभावित भएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार लगातारको वर्षापछि देशभरको मौसम क्रमिक रूपमा सुधार हुँदै जाने भएको छ। ठूलो पानी पर्ने क्रम रोकिए पनि पश्चिमी क्षेत्र र पहाडी भूभागमा भने केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
