कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा, बाँधका गेट खोल्नुपर्ने जोखिम टर्यो

कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा आएसँगै बाँधका मुख्य गेटहरू खोल्नुपर्ने जोखिम टरेको छ। नेपाल विद्युत् प्राधिकरण, कुलेखानी आयोजनाले जलाशयमा हाल जलसतह नियन्त्रणभित्र रहेको र तत्काल बाँधका ढोका खोल्नुपर्ने कुनै जोखिम नरहेको जनाएको हो।
प्राधिकरणका अनुसार मौसममा आएको क्रमिक सुधार र जलसतहको न्यून वृद्धिदरका कारण यो अवस्था बनेको हो। आयोजनाले मौसम पूर्वानुमानसमेतका आधारमा जलाशयको अवस्था हेरिरहेको जनाएको छ।
प्राधिकरणले कुलेखानी जलाशयको मुख्य बाँधका गेट खोल्नुपर्ने जोखिमपूर्ण अवस्था अहिले नरहेको स्पष्ट पारेको छ। पछिल्ला दिनमा परेको अविरल वर्षाका कारण जलाशयको जलसतहबारे चासो बढेको थियो।
देशका विभिन्न भागमा बाढीपहिरोबाट क्षति भइरहेका बेला कुलेखानी जलाशयको जलसतह नियन्त्रणमा रहेको जानकारी प्राधिकरणले सार्वजनिक गरेको हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


