पृथ्वी राजमार्गमा आज दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन चल्ने

पृथ्वी राजमार्ग भएर बुधबार दिउँसो १ बजेदेखि सबै प्रकारका सवारीसाधन सञ्चालन हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार धादिङको कृष्णभीर, परेवाभीर र बाँगेमोड क्षेत्रमा खसेका पहिरोलगायतका अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
थप पहिरो नखसे र सडकमा अरू अवरोध नआए दिउँसो १ बजेदेखि राजमार्ग भएर चल्ने सबै सवारीसाधन पूर्ण रूपमा सञ्चालनमा आउने कार्यालयले जनाएको छ।
बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग र सडकखण्ड प्रभावित हुँदा पृथ्वी राजमार्गमा पनि यातायात अवरुद्ध भएको थियो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


