बागलुङमा दुई दिनमा पहिरोबाट १० जनाको मृत्यु, एक बेपत्ता
बागलुङमा अविरल वर्षापछि आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।
वर्षाका कारण पछिल्लो दुई दिनमा जिल्लामा पहिरोले ठूलो मानवीय क्षति पुर्याएको हो। यसअघि तमानखोला र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु भएको थियो।
यस्तै, तनहुँमा पनि वर्षाका कारण २४ घरमा क्षति पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज ८ गतेदेखि लगातार भइरहेको वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानका घटनामा २१ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता र ५ जना घाइते भएका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

