२४ असोज २०८३ English
English

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
तस्बिर: सेतोपाटी

इजरायल पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कालाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो।

खड्का कांग्रेसको जारी १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा खुला महिलातर्फबाट उम्मेदवार हुन्। देशसञ्चारका अनुसार उनी महाधिवेशनमा मत मागिरहेकै बेला पक्राउ परेकी हुन्।

इजरायल ठगी प्रकरणमा सीआईबीले यसअघि नै चार जनालाई पक्राउ गरिसकेको छ। खड्कासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या पाँच पुगेको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शुक्रबार मतदान भएको थियो। सभापति पदको नतिजा सार्वजनिक भइसकेको छ भने केन्द्रीय सदस्यलगायत बाँकी पदको मतगणना हुन बाँकी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | २४ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 24 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार