१३ असोज २०८३ English
English

वर्षाले क्वार्टरफाइनल रद्द, नेपाल एसियाली खेलकुद क्रिकेटबाट बाहिरियो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
वर्षाले क्वार्टरफाइनल रद्द, नेपाल एसियाली खेलकुद क्रिकेटबाट बाहिरियो

YouTube मा सब्स्क्राइब

जापानमा जारी २०औँ एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल क्वार्टरफाइनल नखेलेरै बाहिरिएको छ। नागोयामा परेको वर्षाका कारण श्रीलंकासँग मङ्गलबार बिहान हुनुपर्ने खेल हुन सकेन। बङ्गलादेश र मलेसियाबीचको खेल पनि वर्षाले रद्द भएको छ।

यसअघि सोमबार पनि खेल हुन नसक्दा भारत र पाकिस्तान अघि बढेका थिए। पूर्वनिर्धारित नियमअनुसार उच्च वरीयताका भारत, पाकिस्तान, श्रीलंका र बङ्गलादेश सेमिफाइनलमा पुगेका छन्। नेपाल, मलेसिया, अफगानिस्तान र हङकङ भने बाहिरिएका छन्।

सेमिफाइनल पुगेका चारै टोलीले यस प्रतियोगितामा एउटा पनि खेल जितेका छैनन्। समूह चरणमा नेपालले अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल वर्षाले रद्द भएपछि अंक बाँडेर क्वार्टरफाइनल पुगेको थियो। हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा नेपाल क्रिकेट सङ्घ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दले चारवटै क्वार्टरफाइनल पानीले पखाल्ला भन्ने कसैले नसोचेको बताउनुभएको छ।

खेलका सर्तहरू पूर्ण सदस्य राष्ट्रले तयार पार्ने भएकाले त्यसबेला गम्भीरतापूर्वक नलिइएको उहाँको भनाइ छ। क्यानले ती सर्त पहिल्यै स्वीकार गरिसकेकाले आगामी दिनमा तिनलाई सुधार्न पहल गरिने अध्यक्ष चन्दले उल्लेख गर्नुभएको छ। खेल्ने अवसर नपाएका एसोसिएट राष्ट्रका खेलाडीमा निराशा छाएको छ।

स्रोत

सम्बन्धित समाचार