१३ असोज २०८३ English
English

पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, देशभर दर्जनौँ सडकखण्ड अझै अवरुद्ध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा, देशभर दर्जनौँ सडकखण्ड अझै अवरुद्ध
तस्बिर: इमेजखबर

बाढी र पहिरोका कारण अवरुद्ध भएका पृथ्वी र बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो पन्छाएपछि यी राजमार्ग एकतर्फी रूपमा खुलेका हुन्।

रोशी खोलाको कटान र विभिन्न ठाउँमा गएको पहिरोका कारण बीपी राजमार्ग चार दिनदेखि पूर्णरूपमा बन्द थियो। सडक विभागले पछिल्लो बाढी र पहिरोबाट अवरुद्ध सडक खुलाउने काम तीव्र पारेको जनाउँदै बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने तयारी गरिएको बताएको छ। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार काभ्रेको चौकीडाँडामा डाइभर्सन निर्माणको काम तीव्र पारिएको छ र आजदेखि सवारी सञ्चालन गर्ने तयारी छ।

यसैबीच, देशका विभिन्न भागमा परेको अविरल वर्षा, बाढी र पहिरोका कारण मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू नराम्ररी प्रभावित भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।

केही सडकखण्डमा जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको प्रहरीले जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार