कांग्रेस महाधिवेशनमा प्रचण्ड: अब क्रमभंगको पालो गगन थापा र रवि लामिछानेको

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई क्रमभंग जारी राख्न आग्रह गरेका छन्। आइतबार काठमाडौँमा सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफ्नो क्रमभंग गर्ने दिन सकिएको र अब पालो गगन थापा र रवि लामिछानेको भएको बताए।
सभापति थापालाई बधाई दिँदै प्रचण्डले उनको नेतृत्व क्षमता आफूले यसअघि नै देखेको बताए। विगतमा थापालाई कुनै दिन देशको नेतृत्व गर्ने अवस्था आउन सक्ने भन्ने गरेको स्मरण गर्दै उनले अब थापाले देशको नेतृत्व गर्ने अवस्था आएको देखेको बताए। उनले थापाले कांग्रेसमा निरन्तरताको क्रमभंग गरेको भन्दै अब देशको नेतृत्व गर्ने बाटोमा हिँड्न आग्रह गरे।
प्रचण्डले रवि लामिछाने र गगन थापा दुवै आफू प्रधानमन्त्री हुँदाको क्याबिनेटका मन्त्री रहेको पनि बताए।
उनले नेपाली कांग्रेसलाई आन्तरिक एकता सुदृढ गर्दै अघि बढ्न समेत आग्रह गरे।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


