कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

कोरिया पठाउने भन्दै दुई वर्षदेखि अलपत्र पारेको आरोपमा एक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक, नुवाकोटको बेलकोटगढी नगरपालिका–११ का २८ वर्षीय गणेश पाण्डे छन्।
कोरियामा रोजगारी दिलाउने भन्दै आफ्नो छोरालाई अलपत्र पारिएको भन्दै एक महिलाले टिकटकमार्फत घटना सार्वजनिक गरेकी थिइन्। उनले भिडियोमा बालेन र सुधनलाई सम्बोधन गर्दै आफ्नो गुनासो राखेकी थिइन्।
टिकटकबाट घटना सार्वजनिक भएपछि आरोपी पाण्डे पक्राउ परेका हुन्। उनीमाथि एक व्यक्तिलाई कोरिया पठाउने बहानामा दुई वर्षदेखि अलपत्र पारेको आरोप छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


