९ असोज २०८३ English
English

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि चीनको १ करोड १० लाख सहयोग

· १ मिनेट पढाइ
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि चीनको १ करोड १० लाख सहयोग
तस्बिर: नेपाल प्रेस

भोटेकोशी नदीको बाढीले असर गरेका बालबालिकाका लागि चीन सरकारले १ करोड १० लाख रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरेको छ। सोमबार शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले मन्त्री सस्मित पोखरेललाई रकमको चेक बुझाउनुभएको छ। रकम बाढी प्रभावित बालबालिकासम्म सिधै पुग्ने गरी उपलब्ध गराइएको राजदूत चाङले जानकारी दिनुभएको छ।

उहाँले नेपालको दुःखसुखमा चीन सधैँ साथ रहने बताउनुभएको छ। मन्त्री पोखरेलले विपद्को बेला चीनले गरेको सहयोगप्रति आभार प्रकट गर्दै नेपाल र चीनबीचको सहकार्य आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच मन्त्री पोखरेलले प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै रसुवा–भोटेकोशी बाढी प्रभावित बालबालिकाको पढाइ रोकिन नदिने बताउनुभएको छ।

क्षतिग्रस्त विद्यालय नबनेसम्म स्थानीय तहसँगको समन्वयमा अस्थायी सिकाइ केन्द्र, टोल शिक्षा र आवश्यक परे आवासीय व्यवस्थाबाट पठनपाठन चलाइने उहाँको भनाइ छ। विपद्पछिको आवश्यकता मूल्याङ्कन प्रतिवेदनका आधारमा ती विद्यालयको दीर्घकालीन पुनर्निर्माण योजना बनाइने मन्त्रीले जानकारी दिनुभएको छ। बाढीबाट विशेष प्रभावित बालबालिकाको पढाइ सुनिश्चित गर्न मन्त्रालयले निजी क्षेत्रसँगको साझेदारीमा 'सुनिश्चित भविष्य छात्रवृत्ति योजना' पनि अघि बढाएको छ।

यो समाचार भिडियोमा

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि चीनको १ करोड १० लाख सहयोग

स्रोत

सम्बन्धित समाचार