१८ असोज २०८३ English
English

एआई प्रयोग गरिएको मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एआई प्रयोग गरिएको मध्यम दूरीको क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाको दाबी

YouTube मा सब्स्क्राइब

उत्तर कोरियाले कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधि जडित मध्यम दूरीको रणनीतिक क्षेप्यास्त्र शनिबार परीक्षण गरेको दाबी गरेको छ। दक्षिण कोरियाको संयुक्त सैन्य प्रमुख कार्यालयले बिहानै वोनसान क्षेत्रबाट पूर्वी समुद्र, जसलाई जापान सागर पनि भनिन्छ, तर्फ ब्यालेस्टिक मिसाइल प्रक्षेपण भएको जनाएको थियो। सियोलका अनुसार मिसाइल करिब ७०० किलोमिटर उडेको छ।

दक्षिण कोरिया, अमेरिका र जापानले यसबारे सूचना आदानप्रदान गर्दै रक्षा तयारी कडा राखेको कार्यालयले उल्लेख गरेको छ। केही घण्टापछि नेता किम जोङ उनकी बहिनी किम यो जोङले उक्त क्षेप्यास्त्र कम उचाइमा उडान मार्ग बदल्न सक्ने र त्यसमा एआई प्रविधि प्रयोग भएको बताउनुभएको छ। तर एआई कसरी प्रयोग भयो भन्ने विवरण उहाँले दिनुभएको छैन।

यस्तो प्रविधि कम्तीमा केही वर्षसम्म अरू कुनै देशले हासिल गर्न नसक्ने किम जोङ उनको विश्वास रहेको पनि उहाँले दाबी गर्नुभएको छ। गत महिना किम जोङ उनले हतियार प्रणालीमा एआईको स्तर बढाउनुपर्ने बताउनुभएको थियो। गत महिना असैनिकीकृत क्षेत्रमा भएको विस्फोटमा प्योङयाङलाई जिम्मेवार ठहर्‍याउँदै सियोलले माफी माग्न दबाब दिइरहेका बेला यो परीक्षण भएको हो।

प्योङयाङले उक्त घटनामा आफ्नो संलग्नता नरहेको जनाउँदै शुक्रबार दक्षिण कोरियालाई ‘नीच’ अभिव्यक्ति नदिन चेतावनी दिएको थियो। सियोलस्थित कोरिया सैन्य मामिला संस्थानका वरिष्ठ अनुसन्धानकर्ता होङ सुङ–प्योले एआईले लक्ष्यसम्बन्धी जानकारी र प्रक्षेपण सञ्चालनमा सघाउन सक्ने बताउनुभएको छ।

स्रोत

सम्बन्धित समाचार