पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, सिमलतालमा त्रिशूलीको कटानले सडक भासियो

निरन्तरको वर्षासँगै खसेको पहिरोले पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएका छन्।
धादिङमा दुई स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्ग दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङको कृष्णभिर र तिङ्ग्राङखानीमा पहिरो खसेको थियो।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत लेदोसहितको पहिरो नाम्सी खोला पुलमाथि खस्दा आइतबार बिहान ७:५५ बजेदेखि सडक अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ।
यसैगरी, सोही सडकखण्डको सिमलतालमा त्रिशूली नदीको कटानका कारण सडकको करिब आधा भाग भासिएको छ। लगातारको वर्षापछि त्रिशूलीमा पानीको बहाव बढेर सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएको हो। सडक भासिएपछि उक्त स्थानमा सवारी साधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


