१६ असोज २०८३ English
English

संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता, अध्यादेशमार्फत ल्याउने तयारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
संघीय निजामती सेवा विधेयक संसद्मा दर्ता, अध्यादेशमार्फत ल्याउने तयारी
तस्बिर: राजधानी

सरकारले निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको 'संघीय निजामती सेवा विधेयक' बिहीबार संघीय संसद् सचिवालयमा दर्ता गरेको छ।

संसद्को चालु अधिवेशन अन्त्य हुनुअघिल्लो दिन बिहीबार यो विधेयक प्रतिनिधिसभामा पेस गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गरेका छन्।

विधेयकमा निजामती सेवामा छड्के प्रवेशको प्रस्ताव गरिएको छ। यो प्रस्तावप्रति कर्मचारी वृत्तमा चासो देखिएको छ।

संसद्बाट पारित गराउन समय नपुगेको तर्कसहित सरकारले यो विधेयक अध्यादेशमार्फत जारी गर्ने तयारी गरिरहेको समाचारमा उल्लेख छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार