हिमलुङ हिमपहिरो: दुई जनाको शव फेला, अन्य अझै बेपत्ता

मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ। प्रहरीले दुई जनाको शव फेला परेको जनाएको छ।
नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अध्यक्ष तुलसिंह गुरुङका अनुसार काठमाडौंबाट उद्धारका लागि पुगेको टोलीले ती शव फेला पारेको हो। संघका अनुसार मृत फेला परेका दुवै जना पर्वतारोहण गाइड हुन्, तर उनीहरूको पहिचान सार्वजनिक गरिएको छैन।
हिमलुङ हिमालको बेसक्याम्पबाट दुवै शव मनाङको सदरमुकाम चामे ल्याइएको छ।
बेपत्ता हुनेको सङ्ख्याबारे भने फरक-फरक विवरण आएका छन्। हिमपहिरोमा १० जना बेपत्ता भएको भनिएको थियो। माउन्टेन गाइड एसोसिएसनले भने अझै १४ जना बेपत्ता रहेको जनाएको छ। बेपत्ताको खोजी जारी छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


