१४ कात्तिक २०८३ English
English

बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एकको हेलिकप्टरबाट उद्धार, एकको खोजी जारी

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एकको हेलिकप्टरबाट उद्धार, एकको खोजी जारी
तस्बिर: नेपाल प्रेस

धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुराको बडीमालिकामा भारी हिमपातपछि फसेका दुई पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। अर्का एक जनाको खोजी जारी छ।

बडीमालिका देवीको दर्शन गर्न तथा घुम्न पुगेका दुई पर्यटक वर्षासहितको भारी हिमपातपछि सम्पर्कविहीन भएका थिए। करिब चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिकाबाट दर्शन गरेर फर्कने क्रममा हिमपात भएपछि उनीहरूमध्ये एक जना शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।

बाजुरामा शुक्रबारदेखि परेको वर्षासँगै उच्च हिमाली भेगमा भारी हिमपात हुँदा जनजीवन प्रभावित भएको छ। निरन्तर हावाहुरी, वर्षा र हिमपातका कारण बडीमालिका, बूढीनन्दालगायतका क्षेत्रमा चिसो बढेको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १४ कात्तिक २०८३ बेलुकी | K Hudei Cha Daily News Kartik 14 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार