१५ असोज २०८३ English
English

नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख बिगोसहित भ्रष्टाचार मुद्दा

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध ४ करोड ७४ लाख बिगोसहित भ्रष्टाचार मुद्दा
तस्बिर: रातोपाटी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलङ्की, काठमाडौँका सर्भेक्षक सुबिन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले श्रेष्ठविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

आरोपपत्रमा श्रेष्ठबाट चार करोड ७४ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।

आयोगले सरकारी सेवामा रहेका कर्मचारीले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि पनि विभिन्न मुद्दा विशेष अदालतमा दायर गर्दै आएको छ। सर्भेक्षक श्रेष्ठविरुद्धको मुद्दाको सुनुवाइ अब विशेष अदालतमा हुनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १५ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 15 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार