१६ असोज २०८३ English
English

कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण सार्वजनिक: १० तोला सुन, बैंकमा २ लाख, १८ लाख ऋण

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कर्णालीका मुख्यमन्त्री शाहीको सम्पत्ति विवरण सार्वजनिक: १० तोला सुन, बैंकमा २ लाख, १८ लाख ऋण
तस्बिर: अर्थ सरोकार

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले पदभार ग्रहण गरेको ६३ दिनपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

सार्वजनिक विवरणअनुसार मुख्यमन्त्री शाहीको परिवारसँग १० तोला सुन र १० तोला चाँदी छ। बैंकमा २ लाख रुपैयाँ बचत रहेको विवरणमा उल्लेख छ।

मुख्यमन्त्री शाहीको नाममा १८ लाख रुपैयाँ ऋण रहेको पनि विवरणमा उल्लेख छ। यसका साथै उनको परिवारसँग ७ वटा गाईगोरु रहेको विवरणमा देखाइएको छ।

मुख्यमन्त्री शाहीले पदभार ग्रहण गरेको झन्डै दुई महिनापछि यो विवरण सार्वजनिक गरेका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १६ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 16 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार