२१ असोज २०८३ English
English

दसैँमा नारायणगढ–काठमाडौँ सडकमा ठूला मालवाहक गाडी निषेध, यातायातका सात निर्णय

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
दसैँमा नारायणगढ–काठमाडौँ सडकमा ठूला मालवाहक गाडी निषेध, यातायातका सात निर्णय

YouTube मा सब्स्क्राइब

दसैँका बेला नारायणगढ–काठमाडौँ सडकखण्डमा ट्रेलरलगायतका ठूला मालवाहक सवारीसाधन चलाउन रोक लगाइने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरकार र सरोकारवालाको बैठकले चाडपर्व लक्षित गरी ७ वटा निर्णय गरेको हो। निर्णयअनुसार घटस्थापना अर्थात् असोज २५ देखि पूर्णिमा अर्थात् कात्तिक ८ गतेसम्म उक्त सडकमा ठूला मालवाहक गुड्न पाउने छैनन्।

खाद्यान्न, औषधि, फलफूललगायत अत्यावश्यक वस्तु बोक्ने सवारीसाधनलाई भने छुट दिइएको छ। मध्यम र लामो दूरीका सार्वजनिक यातायातका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुनेछ। घटस्थापनादेखि पूर्णिमाको भोलिपल्ट कात्तिक १० गतेसम्म देशभर यात्रुवाहक सवारीका लागि रुट परमिट खुला गरिनेछ।

यात्रुवाहक सवारीको चापले हुने जाम र दुर्घटनाको जोखिम घटाउन यो व्यवस्था गरिएको विभागले जनाएको छ।

स्रोत

सम्बन्धित समाचार