निजी क्षेत्रलाई दसैँअघि नै विद्युत् व्यापारको अनुमति दिने तयारी : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको बताएका छन्। उनले दसैँअघि नै निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिने तयारी भइरहेको जानकारी दिए।
मन्त्रालयको ६ महिनाको उपलब्धि सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले भारतसँग विद्युत् आयात क्षमता १४ सय मेगावाट र निर्यात क्षमता १६५० मेगावाट पुर्याउने सहमति भएको बताए।
विद्युत् खपत बढाउन बढी बिजुली प्रयोग गर्ने ग्राहकलाई कम महसुल लाग्ने संयन्त्र निर्माण भइरहेको पनि उनले जानकारी दिए। उनका अनुसार यसमा भ्याटसम्बन्धी विषयले समस्या पारेको छ र त्यसलाई सम्बोधन गर्न अर्थ मन्त्रालयसँग समन्वय भइरहेको छ। छिट्टै विद्युत् महसुल प्रणाली व्यवस्थित गरिने उनले बताए।
मन्त्री श्रेष्ठले जलविद्युत् आयोजनामा निजी क्षेत्रले भोगेका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो

