१८ असोज २०८३ English
English

एमाले कांग्रेससँग मिलेर काम गर्न तयार, सरकारको कार्यशैलीमाथि महासचिव पोखरेलको प्रश्न

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
एमाले कांग्रेससँग मिलेर काम गर्न तयार, सरकारको कार्यशैलीमाथि महासचिव पोखरेलको प्रश्न
तस्बिर: रातोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्र, सार्वभौमसत्ता, विकास र समृद्धिको पक्षमा नेपाली कांग्रेससँग मिलेर काम गर्न एमाले तयार रहेको बताएका छन्। आइतबार काठमाडौँको खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्न कांग्रेससँग फेरि सहकार्य गर्ने समय आएको बताए।

गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा तथा त्रिचन्द्र क्याम्पसको सभादेखि नै गगनकुमार थापा आफूहरूसँगै उभिएको स्मरण गर्दै पोखरेलले थापा कांग्रेसको नेतृत्वमा आउनु सकारात्मक भएको बताए। उनले थापा नै महाधिवेशनबाट स्वीकार्य सभापति बन्ने विश्वाससमेत व्यक्त गरे।

पोखरेलले वर्तमान सरकार स्वेच्छाचारिता र अधिनायकवादको बाटोमा अघि बढिरहेको आरोप लगाए। 'जनताले विश्वास गरेर निर्वाचित गरेको प्रधानमन्त्री आफैले चुनेको संसदीय दललाई चिन्नुहुन्न, संसदलाई सुन्नुहुन्न, जनताका कुरा सुन्नुहुन्न,' उनले भने। रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय मुद्दामा दलहरूलाई एक ठाउँमा ल्याउने प्रयत्न गर्ने गरे पनि सरकारले भने संवाद नगर्ने उनको भनाइ थियो।

उनले भूराजनीतिक द्वन्द्वका कारण नेपालको भविष्यबारे प्रश्न खडा भएको बताउँदै देशको अस्मिता र सार्वभौमसत्ताको रक्षाका लागि राजनीतिक दलहरू राष्ट्रियताका प्रश्नमा एक हुनुपर्नेमा जोड दिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार