वर्षा रोकिएसँगै अवरुद्ध राजमार्ग खुलाउने काम तीव्र, पृथ्वी राजमार्ग आजै सञ्चालनमा ल्याउने तयारी

वर्षा रोकिएसँगै बाढीपहिरोका कारण अवरुद्ध प्रमुख राजमार्ग तथा सडक खुलाउने काम तीव्र पारिएको छ। पृथ्वी राजमार्गसहितका सडक आज दिउँसोसम्म खुलाएर सवारी सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीपहिरोका कारण ५ दिनदेखि बन्द रहेका मुख्य राजमार्ग र सडकखण्ड आजदेखि क्रमशः खुल्ने प्रहरीले जनाएको छ। धादिङ प्रहरीका अनुसार पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाडौं खण्डमा एक ठाउँको पहिरो पन्छाउन बाँकी छ भने अन्य स्थानका पहिरो पन्छाइसकिएको छ।
अविरल वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्नुका साथै केही ठाउँमा बाढीले सडक कटान गर्दा र डाइभर्सन बगाउँदा यातायात सञ्चालनमा समस्या भएको थियो। पहिरोका कारण उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध भएका थिए।
मुख्य सडक अवरुद्ध भएपछि राजधानी आवतजावतका लागि त्रिभुवन राजपथ फेरि प्रमुख वैकल्पिक मार्ग बनेको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आइतबार काठमाडौँतर्फ हिँडेका मालवाहक सवारीसाधन चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा रोकिएका थिए।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो
