१३ असोज २०८३ English
English

बागलुङमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
बागलुङमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना अझै बेपत्ता
तस्बिर: इमेजखबर

बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ। पछिल्लो तीन दिनयता जिल्लाका विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो। एक जना अझै बेपत्ता छन्।

गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षापछि बागलुङका विभिन्न ठाउँमा पहिरो खसेको थियो। ताराखोला गाउँपालिका–५ सिपमा पनि पहिरोले घर पुरिएको थियो।

पहिरोका घटनामा घाइते हुनेहरू पनि छन्। एक घटनामा पुन थरका एक व्यक्तिकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन्।

थाहाखबरका अनुसार बागलुङ र म्याग्दी जिल्ला गरी बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ भने ३ जना बेपत्ता छन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार