१० असोज २०८३ English
English

अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
तस्बिर: अनलाइनखबर

परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आर्थिक शासन व्यवस्थामा विकासशील मुलुकको आवाज र प्रतिनिधित्व बढाउने गरी अन्तर्राष्ट्रिय वित्तीय संरचनामा समयानुकूल सुधार गर्न आह्वान गरेका छन्।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिएर प्रधानमन्त्री बालेन्द्र शाह शनिबार स्वदेश फर्किए। परराष्ट्रमन्त्री खनाल भने अझै अमेरिकामै छन्। महासभाको एक साता लामो उच्चस्तरीय कूटनीतिक कार्यक्रम शुक्रबार सकिएको थियो।

महासभाका क्रममा प्रधानमन्त्री शाहले अतिकम विकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुन नेपाललाई थप समय चाहिने माग गरेका थिए। उनले 'हिमालयन मेकानिज्म' बनाउने प्रस्ताव पनि गरेका थिए।

महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपाललाई विश्वबाट अनुदानमा आधारित पर्याप्त सहयोग आवश्यक रहेको बताएका थिए। उनले क्षति तथा नोक्सानी कोष, विश्वव्यापी वातावरणीय सुविधा र अन्य वित्तीय संयन्त्र अझै अपर्याप्त रहेको पनि बताएका थिए।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १० असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 10 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार