सिरहामा ११ सय किलोभन्दा बढी गाँजासहित जिप र मोटरसाइकल बरामद, चालक फरार

सिरहाबाट ११ क्विन्टलभन्दा बढी गाँजा बरामद भएको छ। सशस्त्र प्रहरी बलले सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकनजिकै गागन खोलाको पुलबाट गाँजा बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बुधबार राति करिब १ बजे १ हजार १०२ किलोभन्दा बढी गाँजासहित एउटा जिप र मोटरसाइकल नियन्त्रणमा लिइएको हो।
घटनास्थलबाट सवारी चालक भने फरार भएको जनाइएको छ।
सशस्त्र प्रहरी बलले बरामद गाँजा र सवारीसाधन नियन्त्रणमा लिएको छ। हालै बरामद भएका घटनामध्ये यो ठूलो परिमाणको गाँजा बरामदी हो।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


