१९ असोज २०८३ English
English

कांग्रेस महाधिवेशन : आजदेखि बन्दसत्र, सभापति थापाको राजनीतिक प्रतिवेदन पेस हुने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशन : आजदेखि बन्दसत्र, सभापति थापाको राजनीतिक प्रतिवेदन पेस हुने
तस्बिर: अनलाइनखबर

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज सोमबारदेखि बन्दसत्र सुरु हुँदैछ। काठमाडौंको खुलामञ्चमा हुने बन्दसत्र आज र भोलि चल्नेछ।

बन्दसत्रमा सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गर्नेछन्। साथै उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पनि पेस हुनेछन्।

बन्दसत्रअघि बिहान १० बजे महाधिवेशन स्थल खुलामञ्चमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने कार्यक्रम छ।

यसैगरी नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम आज साँझ ५ बजेदेखि सुरु हुँदैछ। निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ता मंगलबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ। मतदान असोज २२ गते राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा हुनेछ र मतदान सकिएपछि मतगणना गरिनेछ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १९ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 19 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार