१२ असोज २०८३ English
English

पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति संसद्‌मा विपक्षीको आपत्ति, नेपाल बारको पनि विरोध

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वप्रधानन्यायाधीश जबराको पक्राउप्रति संसद्‌मा विपक्षीको आपत्ति, नेपाल बारको पनि विरोध
तस्बिर: रातोपाटी

प्रतिनिधिसभाको सोमबारको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषय उठेको छ। सरकारले उनलाई असोज १० गते राति निवासबाट पक्राउ गरेकोप्रति विपक्षी दलका सांसदहरूले आपत्ति जनाए।

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले जबरालाई बिनाकसुर र बिनाअभियोग पक्राउ गरेर सरकारले राज्य आतङ्कको नमुना प्रस्तुत गरेको आरोप लगाए। राप्रपा र नेकपाले पनि पक्राउप्रति आपत्ति जनाएका छन्। पक्राउ र रिहाइको यो प्रकरणले कानुनी राज्यको उपहास भएको नेकपाको भनाइ छ। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले यो विषय उठाउँदै प्रधानमन्त्री बालेन शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरे।

सांसद दुलालले मध्यरातमा पक्राउ गरेर १२ घण्टा नबित्दै छाडिएको घटनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए। रास्वपा सांसद रन्जु दर्शनाले पनि फेसबुकमार्फत यो नियन्त्रणबारे प्रश्न उठाएकी छन्।

नेपाल बार एसोसिएसनले पनि सुरक्षा चुनौती देखाउँदै मध्यरातमा गरिएको सुरक्षा नियन्त्रणप्रति आपत्ति जनाएको छ। बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जारी गरेको विज्ञप्तिमा पक्राउलाई रहस्यमय र संदेहास्पद भनिएको छ।

यसैबीच, जबराले आफू र परिवारको जीउज्यानमा गम्भीर सुरक्षा चुनौती रहेको भन्दै प्रहरीसँग थप सुरक्षा माग गरेका छन्। उनका तर्फबाट छोराले निवेदन दिएका हुन्।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १२ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 12 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार