१८ असोज २०८३ English
English

पूर्वसभापति देउवा कांग्रेस महाधिवेशनको उद्घाटनमा नजाने

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
पूर्वसभापति देउवा कांग्रेस महाधिवेशनको उद्घाटनमा नजाने
तस्बिर: थाहाखबर

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आजदेखि सुरु हुने पार्टीको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन्। सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले आयोजना गरेको महाधिवेशनको उद्घाटन समारोहमा पनि उनी जाने छैनन्।

कांग्रेसले महाधिवेशन उद्घाटन गर्न देउवालाई औपचारिक निम्ता दिएको थियो। तर देउवाले उक्त निम्ता अस्वीकार गरेका हुन्।

कांग्रेस नेता डा. प्रकाशशरण महतले देउवा महाधिवेशनमा सहभागी नहुने बताएका छन्। उनले देउवा पक्षलाई महाधिवेशनमा बोलाइएकै नभएको र संस्थापन पक्षले मिडियाबाजी मात्र गरेको आरोप लगाएका छन्।

महाधिवेशनलाई लिएर पार्टीभित्र नेतृत्व र वैधानिकतासम्बन्धी विवाद चर्किएको छ। संस्थापन पक्षले भने महाधिवेशनका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १८ असोज २०८३ बिहानी | K Hudei Cha Daily News Asoj 18 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार