गगन थापासँगको भेटपछि डा. मिनेन्द्र रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा दिएको उम्मेदवारी फिर्ता लिने भएका छन्।
मंगलबार साँझ सभापतिका उम्मेदवार गगन थापासँग भेटेर कुराकानी गरेपछि उनले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। भेटमै रिजालले उपसभापतिको उम्मेदवारी फिर्ता लिने सहमति बनेको बताइएको छ।
महाधिवेशनअन्तर्गत उम्मेदवारले आज बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिन र दर्ता भएको उम्मेदवारीमा आवश्यक संशोधन गर्न पाउँछन्। त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीअनुसार २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि ८४० जनाले उम्मेदवारी दिएका छन्। सभापति पदमा गगन थापासहित तीन जनाले उम्मेदवारी दिएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध भइसकेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


