१३ असोज २०८३ English
English

कांग्रेस महाधिवेशनको संशोधित तालिका सार्वजनिक: असोज १८ मा उद्घाटन, २१ मा मतदान

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
कांग्रेस महाधिवेशनको संशोधित तालिका सार्वजनिक: असोज १८ मा उद्घाटन, २१ मा मतदान
तस्बिर: नेपाल लाइभ

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको १५औँ महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक गरेको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिअनुसार महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे सुरु हुनेछ। त्यसपछि असोज १९ र २० गते बन्द सत्र तथा महाधिवेशनका अन्य कार्यक्रम सञ्चालन हुनेछन्। असोज २१ गते मतदान हुने तालिका तय गरिएको छ।

महाधिवेशनको मिति सरेसँगै क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली पठाउने समय पनि लम्ब्याइएको छ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लामा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि चयन प्रक्रिया जारी छ।

पछिल्लो बुलेटिन

के हुँदैछ डेली | आजका मुख्य समाचार | १३ असोज २०८३ बेलुकी | K Hudei Cha Daily News Asoj 13 2083

YouTube मा सब्स्क्राइब

स्रोत

सम्बन्धित समाचार