२९ असोज २०८३ English
English

नेप्से लगातार छैटौँ दिन उकालो

· १ मिनेट पढाइEnglish मा पढ्नुहोस्
नेप्से लगातार छैटौँ दिन उकालो

YouTube मा सब्स्क्राइब

सेयर बजार लगातार छैटौँ कारोबार दिन बिहीबार पनि उकालो लागेको छ। नेप्से परिसूचक करिब साढे ४ अंकले बढेर २६२५ अंक नाघेको छ। अघिल्लो दिन बुधबार बजार करिब २१ अंकले बढेको थियो।

कारोबार रकम पनि बुधबारको करिब ४ अर्ब १३ करोडबाट बढेर बिहीबार करिब ४ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। कुल ३४९ वटा धितोपत्रको करिब १ करोड ३६ लाख कित्ता सेयर किनबेच भएको छ। लामो समयपछि बैंकिङ समूहको सूचक मामुली रूपमा घटेको छ भने वित्त समूह करिब १ प्रतिशतले बढेर सबैभन्दा अगाडि रहेको छ।

जलविद्युत्, लगानी, विकास बैंक र बीमा समूह पनि बढेका छन्। व्यापार, उत्पादन तथा प्रशोधन र अन्य समूह भने घटेका छन्। बेनी हाइड्रोपावरको सेयर मूल्य करिब १५ प्रतिशत बढेर प्रतिकित्ता झन्डै ३१४ रुपैयाँ पुगेको छ।

हिमालय एभरेस्ट इन्स्योरेन्सको मूल्य करिब ६ प्रतिशत बढेको छ। एसबिएल डिबेन्चर २०८९ को मूल्य भने करिब ३ प्रतिशत घटेको छ। सबैभन्दा धेरै कारोबार कुमारी बैंकको भएको छ, जसको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

बिहीबार १७१ कम्पनीको मूल्य बढेको छ भने ९१ को घटेको र १५ को स्थिर रहेको छ।

स्रोत

सम्बन्धित समाचार