दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण ४८ घण्टाभित्र पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गरी थुनामा राख्नुको कारण ४८ घण्टाभित्र पेस गर्न आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमाथि बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरि फुयालको इजलासले उक्त आदेश दिएको हो।
इजलासले प्रसाईंलाई थुनामा राख्नुको कानुनी आधार र कारण माग गर्दै विपक्षी निकायहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोका नाममा समेत कारण देखाऊ आदेश जारी भएको छ।
प्रसाईं मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियानका संयोजक हुन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


