असोज ८ देखिको बाढीपहिरोलगायत विपद्मा ३५ जनाको मृत्यु, १५ जना घाइते

अविरल वर्षाका कारण असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत विपद्का घटनामा परी हालसम्म ३५ जनाको मृत्यु भएको छ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार यही अवधिमा भएका विपद्का घटनामा १५ जना घाइते भएका छन्।
लगातारको वर्षापछि देशका विभिन्न भागमा बाढी र पहिरोका घटना भएका थिए। प्रहरीले विपद्का घटनामा परेकाको विवरण सार्वजनिक गर्दै आएको छ।
विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतको काम जारी रहेको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


