पछिल्लो २४ घण्टामा देशभर १७ विपद्का घटना, तीन जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १७ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा ओखलढुङ्गा, सल्यान, बागलुङ र प्युठानमा पहिरो गएको छ।
त्यस्तै धनुषा, भक्तपुर, चितवन र लमजुङमा आगलागीका घटना भएका छन्।
देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै रहेका बेला विभिन्न स्थानमा विपद्का घटना भइरहेका छन्।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


