इनरुवामा तरकारी बोकेको ट्रकबाट २ हजार ५६६ किलो गाँजा बरामद, चालक र सहचालक पक्राउ

सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजासहित एउटा ट्रक र दुई जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार राति ११:५० बजे सखुवागाछी चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्दा गाँजा फेला परेको हो। तरकारीको आवरणमा काउली बोकेको ट्रकभित्र लुकाएर गाँजा ओसारपसार गरिँदै थियो। गोप्य सूचनाका आधारमा जिल्ला प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र सोही ठाउँका १८ वर्षीय सहचालक सन्दीप राई छन्।
प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
पछिल्लो बुलेटिन

स्रोत
दिनमा दुई पटक, मुख्य समाचार भिडियोमा
बिहान र बेलुकी: छोटो, स्पष्ट र स्रोतसहित।
YouTube मा सब्स्क्राइबFacebook मा फलो


